बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 9.5K
    SHARES

  • आजैबाट जिल्ला जिल्ला खटिए कांग्रेस नेताहरू, ओली सरकारविरुद्ध कसले कहाँ सम्बोधन गर्दै ?

    काठमाडौं - झन्डै दुईतिहाइ कम्युनिस्ट सरकारको अत्याचार र निरंकुश प्रवृत्तिविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ रै जिल्लामा शक्ति प्रदर्शन गर्दैछ । जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्दैछन् ।

    तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आइतबारदेखि नै आफूलाई तोकिएको जिल्ला जाँदैछन् । 

    सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन् । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा.शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा.प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री डा.रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा जाँदै छन् । 

    कांग्रेस युवा नेता गगन थापाले धनगढी र रामहरि खतिवडाले इलाममा आयोजित विरोध सभालाई सम्बोधन गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय गर्ने र छिनछिनमा अपडेट गर्नेछन् ।

    ओली सरकारको सर्वसत्तावाद, कुशासन, बेथिति, भ्रष्टाचार, दमन, कोभिड–१९ को अव्यवस्था र अन्यायविरुद्ध पनि प्रदर्शन गर्ने भन्दै कांग्रेसले केन्द्रबाट नारासमेत जिल्लालाई पठाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend