आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

नारायणकाजी सिध्याउन सिंगै बालुवाटार परिचालन

नारायणकाजी सिध्याउन सिंगै बालुवाटार परिचालन

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 13.9K
    SHARES

  • नारायणकाजी सिध्याउन सिंगै बालुवाटार परिचालन

    काठमाडौं - सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ यतिबेला गम्भीर संकटमा फसेका छन् ।

    आफ्ना जीवनभरिका सहयोद्धा स्व.कमानसिंह लामाले मर्ने बेला आफ्नो परिवार उजाडेको र सेयरबापतको दुई करोड खाइदिएको अडियो र फेसबुकमा स्टाटस लेखेपछि नारायणकाजी अप्ठेरोमा परेका हुन् ।

    तर, यतिबेला सबैभन्दा बढी चासो नारायणकाजीको अडियो र भिडियो कसरी, कुन नियतले सार्वजनिक भयो ? सबैको ध्यान त्यतै गएको छ । मृत्युशैयामा पुगेको मान्छेले सत्य बोल्छ भन्ने मान्यताका आधारमा सबैले कमानसिंहले लेखेको विश्वास गरेका छन् ।

    तर, अहिले नेकपाबाटै किन नारायणकाजीको राजीनामा मागिँदैछ ? किन उनको आलोचना भइरहेको छ ? भन्ने मानिसमा खुलदुली देखिएको छ । नारायणकाजी श्रेष्ठले आफूलाई सिध्याउन बालुवाटार परिचालन भएको सार्वजनिक रुपमा बताइसकेका छन् ।

    उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वजनमोर्चाका नेताहरुसँग पनि यही कुरा राखेका छन् । आफूलाई सिध्याउन गृहमन्त्री रामबहादुर थापा बादल पनि सक्रिय रहेको उनले खुलाएका छन् ।

    नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठलाई सिध्याउन सुरुदेखि नै बालुवाटारको लगानी रहेको सनराइजखबर अनलाइन प्रयोग भएको छ । जसले कमानसिंहको मृत्यु भएदेखि नै श्रेष्ठले नै उनको घर उजाड बनाएको, आठ करोड खाएको जस्ता समाचार प्रवाह गरिरहेको छैन, भिडियो संवाद नै सार्वजनिक भएको छ ।

    जबकि लामाकी कान्छी पत्नी इन्द्रमायाले समेत सार्वजनिक रूपमै नारायणकाजीको चरित्रहत्या भइरहेको भन्दै आपत्ति प्रकट गरेकी छन् । स्रोतका अनुसार सो अनलाइनलाई बालुवाटारबाटै भिडियो पठाइएको थियो ।

    किनभने अरुको पहुँच त्यसमा थिएन । सनराइजखबर प्रधानमन्त्री केपी ओलीकै लगानीमा खुलेको हो । जसमा अहिले बालुवाटारबाट सिधै सूचना पठाइन्छ ।

    पार्टीका आफ्ना विरोधी त्यसमा पनि पूर्वमाओवादी नेताको उछितो काढिने गरिएको छ । ओली गुटका नेताहरुले सरकारको बचाउमा त्यहाँ आर्टिकल लेख्ने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend