बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

देउवाले किन डाके आकस्मिक केन्द्रीय समितिको बैठक, यस्तो छ कारण

देउवाले किन डाके आकस्मिक केन्द्रीय समितिको बैठक, यस्तो छ कारण

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 5.2K
    SHARES

  • देउवाले किन डाके आकस्मिक केन्द्रीय समितिको बैठक, यस्तो छ कारण

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीसँग संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गरेर फर्किएका देउवाले शनिबार बिहान १० बजे केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन्।

    ‘हिजो सभापति ज्युले संवैधानिक निकायका नियुक्तिको पाटो अब सल्टाउन पर्याे भनेर बोलाउनु भएको थियो,’ कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘हामीले पनि यसविषयमा पटक पटक दबाब दिइरहेकोले यसपटक भने टुंग्याउनै पर्छ भन्यौँ।’ छलफलमा प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किएकोले पार्टी भित्रबाटै असहयोग हुने भन्दै देउवालाई सहयोग गर्न आग्रह गरेको देउवाको सचिवालयले जनाएको छ।

    ‘नेकपाभित्रको विवादका कारण संवैधानिक निकायमा नियुक्तिका विषयमा असहयोग हुने भन्दै सहयोग गर्न सभापति ज्युलाई प्रधानमन्त्रीले आग्रह गर्नु भयो,’ देउवाको सचिवालय भन्छ, ‘प्रधानमन्त्रीले सहयोग गर्न भनेपछि सभापति ज्युले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय दिउँला भनेर निस्किनु भएको हो।’

    प्रधानमन्त्री ओलीले नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डसँग परामर्श नगरी भोली आइतबार बिहान ९ बजेको लागि संवैधानिक परिषदको बैठक बोलाएका छन्। देउवाले शुक्रबार साँझ प्रधानमन्त्रीसँगको भेटमै भोली शनिबार नै केन्द्रीय समितिको बैठक राखेर केही निर्णय सुनाउने प्रतिवद्धता गरेका थिए। यता नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भने पार्टीका पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधनको शोक प्रस्ताव पेश गर्नका लागि आकस्मिक बेठक बस्न लागेको जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend