काठमाडौं – सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाल नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको बचाउमा उत्रेका छन् । बिहीबार निधन भएका पूर्व सांसद् कमानसिंह लामासँगको आर्थिक लेनदेनमा श्रेष्ठले मध्यस्थता गरेको अडियो्भिडियो सार्वजनिक भएको थियो । ‘सार्वजनिक अडिओ–भिडिओ अनुसार उहाँरुले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो ।
यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन,’ नेता रिजालले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,‘ तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ– को नेता र तिनका छोराहरू के–केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।’
उनले नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पानी ट्यांकीमा पैसा राखेको प्रसंग पनि कोट्याएका छन् । उनले भनेका छन्, ‘शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जाँदैन र ?’
रिजाल नारायणकाजीको बचाउमा केही कारण हुन सक्छन्। एक त नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ। उक्त विवादमा प्रचण्ड र माधव नेपाल एकै पक्षमा छन्। रिजाल नेपाल समूहका व्यक्ति हुन्। अर्काे उनी नारायणकाजीलाई चिढाउन चाँदैनन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।