आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

चौतर्फी राजीनामा दिनुपर्ने आवाज उठेपछि नारायणकाजी अप्ठेरोमा, बिहानै पुगे प्रचण्ड भेट्न

चौतर्फी राजीनामा दिनुपर्ने आवाज उठेपछि नारायणकाजी अप्ठेरोमा, बिहानै पुगे प्रचण्ड भेट्न

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २६ २०७७

  • 11.1K
    SHARES

  • चौतर्फी राजीनामा दिनुपर्ने आवाज उठेपछि नारायणकाजी अप्ठेरोमा, बिहानै पुगे प्रचण्ड भेट्न

    काठमाडौं - स्व. कमानसिंह लामाले मृत्युअघि आफ्नो घर बिगारेको र सेयरको पैसा खाइदिएको आरोप लगाएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ अप्ठेरोमा परेका छन् ।

    सामाजिक सञ्जालमा मात्र होइन, पार्टीभित्रै पनि उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ । अपारदर्शी आर्थिक चलखेलको आरोप लागेलगत्तै श्रेष्ठ शुक्रबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

    उनले राष्ट्रिय सभा सदस्य, पार्टी सचिवालय तथा प्रवक्ता पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रचण्ड भेट्न पुगेका हुन् । यसै विषयमा कुराकानी गर्न श्रेष्ठले बिहीबार राति नै पूर्वजनमोर्चाका नेता कार्यकर्ताहरुको भेला आफ्नो निवासमा बोलाएका थिए ।

    भेलामा नारायणकाजीले आफूलाई डुबाउन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादल लागिपरेको बताएका थिए । बादलले आफूलाई मात्र नभएर पूर्वजनमोर्चाका कसैलाई बाँकी नराख्ने पनि नारायणकाजीको भनाइ थियो ।

    नैतिकताको प्रश्न उठेपछि नेकपाका नेताहरु शेरबहादुर तामाङ, कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । अहिले नारायणकाजी पनि नैतिकताको विषयले परिबन्दमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend