काठमाडाैं - नेकपामा फेरि एक नेतामाति करोडको र महिलामाथि बात लागेको छ । उनी हुन् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ । नारायणकाजी नेकपामा सादगी नेताका रुपमा परिचित छन् । तर, उनको सादगी र आदर्शलाई मर्नुअघि नेकपाकै केन्द्रीय नेता कमानसिंह लामाले उजागर गरिदिएका छन् ।
आफ्नो घर बिगारेको मात्र होइन, दुई करोडभन्दा बढी रकमसमेत नारायणकाजीले खाइदिएको अडियो भिडियो सार्वजनिक भएपछि उनमा छटपटी बढेको छ । लामाको बुधबार राति कोरोना भाइरसका कारण मृत्यु भएको थियो । उनका दुई श्रीमती छन् । त्यसमध्ये कान्छी श्रीमती इन्द्रमायासँगको आफ्नो सम्बन्ध नारायणकाजी र उनकी स्वकीय सचिव सुसन कर्माचार्यकै कारण बिग्रेको लामाले धेरै पहिलेदेखि फेसबुकमार्फत लेख्दै आएका थिए ।
मर्नुअघि पनि आफ्नो किरिया नगर्न उनले श्रीमती र भाइलाई आग्रह गरेका थिए । तर, नारायणकाजीले भने लामाकै आग्रहमा आफूले मध्यस्थता निभाएको प्रस्टीकरण दिएका छन् ।
शुक्रबार प्रकाशित नयाँ पत्रिका दैनिकलाई उनले भनेका छन्, ‘कमानसिंह लामा र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।