काठमाडौं – सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम पनि एक हाइड्रो कम्पनीमा रकम लेनदेनमा मुछिएको छ। कोरोना भाइरसको संक्रमणबाट बिहीबार मात्रै निधन भएका नेकपाका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन पछि नारायणकाजी श्रेष्ठको नाम मुछिएर आएको हो।
पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यहाँ नारायणकाजी २ करोड लेनदेनमा मुछिएका छन्।
नारायणकाजी श्रेष्ठ आफैँले पनि लामाको नजिकको साथी भएकाले परिवारको विवाद मिलाउन सहजीकरण गरेपनि रकम लेनदेनको कुरा भने आफ्नो चरित्र हत्या गर्न खोजिएको बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।