बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अमेरिकाबाट छानिए नेपाल परिवर्तनका संवाहक २०२० : यी हुन् आइडल नेपालीहरु

अमेरिकाबाट छानिए नेपाल परिवर्तनका संवाहक २०२० : यी हुन् आइडल नेपालीहरु

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २६ २०७७

  • 4.5K
    SHARES

  • अमेरिकाबाट छानिए नेपाल परिवर्तनका संवाहक २०२० : यी हुन् आइडल नेपालीहरु

    न्यूयोर्क - अमेरिकामा बसेर आफ्नो कर्मबाट नेपाल चिनाएका वा नेपाली समुदायको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली अमेरिकनहरुलाई न्युयोर्कस्थित नेपालीजम डट कमले आरम्भको पहिलो वर्ष पूरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘परिवर्तनका संवाहक–२०२०’ घोषणा गरेको छ ।

    परिवर्तनका संवाहक घोषणामा अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्कीदेखि करिब एक दर्जन संघसंस्थाहरु चुनिएका छन् । वर्ष २०२० को सूचीमा कूल ८५ व्यक्तित्व र संघसंस्थालाई चयन भएका छन । जसमध्ये व्यक्तित्वहरू ६८ जना रहेका छन । जसमा अमेरिकी १६ जना, महिला १५ जना, पुरुषहरू ५३ जना, अमेरिकी नेपाली ३८ जना, नेपाल फर्किएका ९ जना, नेपाली नागरिक १४ जना र मरणोपरान्त ४ जना रहेका छन ।

    त्यसैगरी, नेपाली अमेरिकी संघसंस्थाहरू १२ वटा र अमुक पौरखी पात्रहरु ५ समूहलाई पनि परिवर्तनका संवाहक सूचीमा समेटिएका छन् । अमेरिकामा अध्ययन र कर्म गरी मातृभूमी नेपाल फर्किएका कर्मवीर नेपालीहरु र नेपाल र नेपालीको निम्ति आफ्नो जीवन र कर्म समर्पण गरेका अमेरिकी नागरिक र संस्थाहरुलाई पनि ‘परिवर्तनका संवाहक’ बाट सम्मान गरिएको छ । ‘परिवर्तनका संवाहक–२०२०’ सूचीमा पूर्वअमेरिकी राजदूत स्कट डेलिसी, सिएनएन हिरो २०१५ म्यागी डोयन, अमेरिकी प्रोफेसर टेड रिकार्डी ९मरणोपरान्त०, सिएनएन पूर्वसमाचार वाचिका किरण क्षेत्री, डा. आन्ना स्टिर, जर्सी सिटी मेयर स्टेभन फुलप, अवैतनिक महावाणिज्यदूत मार्भिन ब्रस्टिन छन ।

    यसैगरी, अमेरिकाको लागि नेपाली राजदूत डा। अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसंघ महिला आयोग उपाध्यक्ष वन्दना राणा, वरिष्ठ संगीतकार किशोर गुरूङ, संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, सामाजिक अभियन्ताहरू डा. महावीर पुन मगर र डा। विष्णुमाया परियार छन् । यसैगरी परिवर्तनका संवाहक सूचीमा म्यारिल्याण्ड राज्य सभासद ह्यारी भण्डारी, अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले, पत्रकार रवि लामिछाने, डा पुकार मल्ल, बनस्पतिविद डा उत्तमबाबु श्रेष्ठ, अर्थविद डा विष्णु पौडेल (मरणोपरान्त), भर्खर नेपाल फर्किएका सिकागोका सामाजिक अभियन्ता टेकराज पौडेल, अमेरिकी आईडल उपबिजेता दिवेश पोखरेल (आर्थर गन), ईण्डियन हेड सहरका उपमेयर किरण सिटौला, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अनेसास संस्थापक अध्यक्ष हेमनाथ सुवेदी, हर्नडन सहरका काउन्सिल सदस्य प्रदिप ढकाल र डा अम्बिका अधिकारी छन् ।

    यस्तै परिवर्तनका संवाहक सूचीमा समेटिका अन्य व्यक्तित्वहरूमा ग्रामी अवार्ड मनोनित बाँसुरीवादक मानोस सिं, कुर्टिस वाटर्स, सामाजिक अभियन्ता होमराज आचार्य, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, डा प्रह्लाद पन्त, जोली अमात्य, फेसन डिजाईनर प्रबल गुरूंग, उमा कार्की थापा, डा सुकदेव शाह (मरणोपरान्त), समाजसेवी लिला राई, एनआरएन आईसिसी उपाध्यक्ष सोनाम लामा र उर्गेन शेर्पालगायत छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २६ २०७७०७:१८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend