आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डले सिकाएको हत्याहिंसाविरुद्ध तात्यो नेविसंघ, शिक्षक मार्नेलाई कारवाही गर्न माग

प्रचण्डले सिकाएको हत्याहिंसाविरुद्ध तात्यो नेविसंघ, शिक्षक मार्नेलाई कारवाही गर्न माग

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 5.5K
    SHARES

  • प्रचण्डले सिकाएको हत्याहिंसाविरुद्ध तात्यो नेविसंघ, शिक्षक मार्नेलाई कारवाही गर्न माग

    काठमाडौं – तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा भएको हत्याहिंसा सिकाउने द्वन्द्वबाट शिक्षा लिएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले देशमा हत्याहिंसा मच्चाउन थालेपछि नेविसंघ तातेको छ ।

    मोरङको मिक्लाजुङ् गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठका हत्यारालाई कारबाही गर्न नेविसंघले माग गरेको छ ।

    प्राधानाध्यापक श्रेष्ठलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गत मंगलवार विभत्स हत्या गरेका हुन् । विप्लवले प्रचण्डको नेतृत्वमा रहँदा हत्याहिंसा सिकेका हुन् ।

    शिक्षक हत्याको घटनालाई राजनैतिक तथा अन्य आवरणमा ढाकछोप नगरी संलग्नलाई दण्डित गर्न नेविसंघले सरकारसँग् माग गरेको छ ।

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमै आक्रमण हुँदा यसले शैक्षिक वातावरण समेत खल्बलिएको भन्दै शिक्षक र विद्यार्थीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

    नेविसंघले विप्लव समूहले उठाएका जनताका मुद्दा वार्ता र संवादका माध्यमबाट सम्बोधन गरी समस्या समाधानका लागि तदारुकता देखाउन कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend