आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

बादलसँग खुमलटार निराश, अब कित्ताकाटको निर्णय गर्दै

बादलसँग खुमलटार निराश, अब कित्ताकाटको निर्णय गर्दै

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.0K
    SHARES

  • बादलसँग खुमलटार निराश, अब कित्ताकाटको निर्णय गर्दै

    काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले हरेक मुद्दामा बालुवाटारलाई सहयोग गरेको निष्कर्ष निकाल्दै अब कित्ताकाट गर्नुपर्ने मत पूर्वमाओवादी पक्षमा बलियो बन्दै गएको छ ।

    प्रधानमन्त्री केपी ओली गुटबाट आफ्नो भूमिका कटौती गरिइए पनि गृहमन्त्री बादलले कुनै प्रतिवाद नगर्नु र हरेक विषयमा सहयोग गर्नुलाई पूर्वमाओवादी पक्षका नेताले आश्चर्य मानेका छन् ।

    गृह मन्त्रालयको सरुवा, बढुवा र दरबन्दीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल हाबी भएका छन् । तर, यी सबैका बाबजुद पनि बादल चुपचाप छन् । त्यसैले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नेताले अब बादलबाट कुनै आश नरहेको निष्कर्ष निकालेका छन् ।

    बादल, देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलबहादुर केसीलगायतका नेता मोहन वैद्य किरणलाई छाडेर तत्कालीन एमाओवादीमा फर्केका थिए । त्यसपछि सबैभन्दा बढी अवसर प्रचण्डले बादललाई नै दिएका थिए ।

    तर, नेकपा विवादमा बादलले प्रधानमन्त्री ओलीको साथ नछाडेपछि प्रचण्ड असन्तुष्ट भएका छन् । बादलसँगै आएका पम्फा भुसाल, देव गुरुङलगायतका नेताले प्रचण्डलाई साथ दिँदै अब बादललाई विश्वास गर्नुपर्ने अवस्था नरहेको भन्दै कित्ताकाट गर्न सुझाएका हुन् ।

    बादलले अन्तिम समयमा आफूलाई सहयोग र साथ दिने प्रचण्डको आशा थियो । तर, गत शनिबारको सचिवालय बैठकमा उनले ओलीलाई सहयोग पुग्ने गरी कार्यदल गठन गर्न प्रस्ताव गरेका थिए । त्यसैले अब बादललाई बोक्न नहुने निष्कर्षमा खुमलटार पुगेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend