काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
बिहीबार बिहान ९ बजे बस्ने बैठकमा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले आगामी सोमवार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । त्यसकै तयारीका लागि आज बिहीवार छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रवक्ता शर्माका अनुसार बिहीबारको बैठकमा सरकार विरोधी आन्दोलन र पार्टीको आन्तरिक विषयवस्तुमा पनि छलफल हुनेछ । कांग्रेसको गएको १९ गते बसेको बैठकले ७७ वटै जिल्लामा सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
मंसिर १७ गते तनहुँमा पुल उद्घाटनका लागि पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेसले सरकारको चर्को आलोचना गर्दै आएको छ । सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको र कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको कांग्रेसको निष्कर्ष रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।