बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भ्रष्ट ओली सरकारको भण्डाफोर कांग्रेसले गर्छ : नेता महर्जन

भ्रष्ट ओली सरकारको भण्डाफोर कांग्रेसले गर्छ : नेता महर्जन

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 5.5K
    SHARES

  • भ्रष्ट ओली सरकारको भण्डाफोर कांग्रेसले गर्छ : नेता महर्जन

     काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले भ्रष्ट केपी ओली नेतृत्वको सरकारको भण्डाफोर नेपाली कांग्रेसले गर्ने बताएका छन्। उनले कांग्रेसले आह्वान गरेको मंसिर २९ गतेको विरोध जुलुसमा सरकारको भण्डाफोर गर्ने बताए। उनले लोकतन्त्र र कांग्रेससँग आस्था राख्ने सबै खेलाडीलाई विरोध प्रदर्शनमा आउन पनि उनले आग्रह गरे। राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका महर्जनले २९ गते कांग्रेसले देशैभरी आफ्नो शक्ति प्रदर्शन गर्ने समेत बताए।

    महर्जनले जनताबाट तिरस्कार भइसकेको भ्रष्ट सरकारलाई नेपाली जनातको साथ र सहयोग लिएर कांग्रेसले खबरदारी गर्नुपर्ने पनि बताए। उनले तनहुँमा रामचन्द्र पौडेलमाथि भएको दमनको पनि विरोधगरे। इतिहास बोकेका कांग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेललाई भ्रष्ट सरकारको निर्देशनमा तनहुँ प्रशासनले पौडेललाई पक्राउ गरेर लोकतन्त्र माथी धावा बोलेको महर्जनले बताए।

    नेपाली जनताले प्रतिपक्ष दलको भूमिका कमजोर रहेको बताइ रहेको बेला अब कांग्रेसले आन्दोलन मार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने बेला आएको उनको भनाई छ। कम्युनिस्ट सरकार प्रतीनेपाली जनता आजित भई रहेको बेलामा अब कांग्रेसले नेपाली जनताको मन जितेर जनताको सेवामा आफ्नो जीवन समर्पित गर्ने बेला आएको उनको ठहर छ।

    कम्युनिस्ट सरकारले एकपछी अर्को कान्डैकान्ड मच्याएर जनतालाई दुख दिने काम गरेको उनको आरोप छ। कम्युनिस्ट सरकारले प्रशासन न्यायलय अख्तियार सम्पत्ति सुदृढीकरण लगाएत सम्पुर्ण आफ्नो कब्जामा लिन खोजेको उनको भनाइ छ। सबै राजनीति दल र नेपाली जनताले सडक आन्दोलन मार्फत भ्रष्ट सरकारमा रहेकालाई पदच्युद गर्ने बेला आई सकेको महर्जन बताउँछन्।

    कोरोना भाइरसको महामारीको कारण नेपाली जनता त्रासको जिन्दगी बिताई रहेको बेला कम्युनिस्ट नेताहरु भ्रष्टाचारमा लिप्त भएका उनको ठहर छ। उनले नेपालमा ८० प्रतिशत कृषक भएको देशमा किसाललाई मल छैन, बिरामीहरुलाई उपचार छैन, विद्यार्थीहरुले पढ्न पाएका छैनन् , उद्योग कल कारखाना बन्द छ, युवाहरुलाई रोजगार छैन यस्तो महामारीको बेलामा पनि रोजगारीको लागि लाखौ युवाहरू छिमेकी राष्ट्रमा लस्कर लागेर बिदेशिन बाध्य पारिएको भन्दै उनले सरकारप्रति आक्रोश पोखे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर २४ २०७७०९:१७:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend