आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घर नेपाल बाटो भारतको नौ महिनादेखि कतै जानै पाएनन्

घर नेपाल बाटो भारतको नौ महिनादेखि कतै जानै पाएनन्

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 4.0K
    SHARES

  • घर नेपाल बाटो भारतको नौ महिनादेखि कतै जानै पाएनन्

     काडमाडौं – न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर– १७ का गजेन्द्र ठाकुरका परिवार। घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ठाकुरको परिवार समस्यामा परेको हो। बसोबास नेपालमा भए पनि बाहिर निस्केर हिँड्न भारतको बाटो प्रयोग गर्नुपर्छ।

    अर्को कुनै विकल्प छैन। लकडाउनको समयमा नेपालीभन्दा भारतमा समस्या थियो। नेपाल आउने बाटो अरू थिएन। अहिले भने भारतले एकतर्फी रूपमा सीमा नाका खुला गरेको छ, तर नेपालतर्फको सिमाना बन्द नै छ। ठाकुर परिवारको घरभन्दा पश्चिम नेपाल–भारत सीमाको दसगजा पर्दछ। दसगजासँगै जोडेर भारततर्फ सडक छ। त्यही सडकबाट जोगबनी भन्सार नाका हुँदै ठाकुर परिवार नेपाल आउजाउ गर्ने हुँदा अहिले उनीहरू नेपालमा घर भए पनि नेपाली क्षेत्रमा आउन पाउँदैनन्। ठाकुर परिवारका चार दाजुभाइमध्ये माइला गजेन्द्र ठाकुर हुन्।

    दाजु कृष्णकुमार ठाकुर, गजेन्द्र, रवीन्द्र र अशोकले पैतृक सम्पत्तिमा चारवटा घर बनाएर चारै जना अलगअलग बसेका छन्। ठाकुर परिवार त्यहाँ बस्न थालेको सात पुस्ता भयो। ७१ वर्षीय गजेन्द्र ठाकुरले भने ‘मेरा जिजुबाजेले आर्जेको १० बिघाको एउटै प्लट थियो, जिजुबाजे फिरन ठाकुरले विस १९३० मा तिरो तिरेको रसिद पनि मसँग छ।’ फिरन ठाकुरपछि उनका छोरा जुगेश्वर ठाकुर, नाति रामसोभित ठाकुर र पनातिहरूमा उनका चार छोरा कृष्णकुमार, गजेन्द्र, रवीन्द्र र अशोक हुन्। उनीहरूका पनि पनातिसम्मको पुस्ता त्यही ठाउँमा बसोबास गरिरहेको छ।

    २००४ सालमा राणाले स्थापना गरेको रघुपति जुट मिलले ठाकुर परिवारको केही जग्गा हड्पिएर घरमै सटाएर तीन मान्छेबराबरको अग्लो पर्खाल लगाइदियो। २०३३ सालमा आएर बाँकी जग्गा पनि विराटनगर भन्सार कार्यालयले अधिग्रहण गरिदियो। उत्तर पूर्वको जग्गामा पनि भन्सारले रघुपति जुट मिलले लगाए जत्रै अग्लो पर्खाल लगाएर घेरेपछि ठाकुर परिवार घेराबन्दीमा परेको थिए। पहिले विराटनगरको रोडशेष चोक हुँदै मिल्स एरिया जाने सडक ठाकुर परिवारको घरै अगाडि भएर बुधनगरसम्म पुगेको थियो।

    विराटनगर भन्सारले बाटोसमेत मासेर दिवाल उठायो। बाटो र जग्गाको मुआब्जाका लागि ठाकुर परिवारले वर्षौँसम्म मुद्दा लड्यो। जग्गाको थोरथार मुआब्जा पाए पनि सो परिवारले बाटो पाएन। बाटाका लागि भारतमै निर्भर रहनु प¥यो। गजेन्द्र ठाकुरसँग जिजुबाजेका पालादेखिकै कागजपत्र छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा जितेन्द्रनारायण ठाकुरले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend