बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

देशभरका कार्यकर्तालाई तरुण दलको यस्तो कडा निर्देशन

देशभरका कार्यकर्तालाई तरुण दलको यस्तो कडा निर्देशन

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 4.2K
    SHARES

  • देशभरका कार्यकर्तालाई तरुण दलको यस्तो कडा निर्देशन

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले मंसिर २९ गते हुन गइरहेको कम्युनिस्ट सरकार विरुद्धको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतका समितिलाई निर्देशन दिएको छ ।

    नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मंगलवार परिपत्र गरेर मातहतलाई माउ पार्टी कांग्रेसले सरकार विरुद्धमा मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन निर्देशन दिएका छन् ।

    मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनको निर्णय गरेको छ ।

    अध्यक्ष बस्नेतले मंगलवार ७७ वटै जिल्लाका तरुण अध्यक्षलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रूपमा सहभागी हुन निर्देशन दिएका छन् । विरोध प्रदर्शनलाई भव्य रूपमा सफल पार्न त्यस जिल्ला समितिले नेपाली कांग्रेस जिल्ला कार्यसमितिसँग समन्वय गरी आफू र मातहतका सम्पूर्ण समितिलाई क्रियाशील र परिचालन गरी व्यापक सहभागिता गराउन परिपत्रमा निर्देशन दिइएको छ ।

    तनहुँमा मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिलाई कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ । पौडेललाई पक्राउ गरेपछि कांग्रेस आक्रोशित बनेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend