बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

ओलीले बोलाएको सर्वदलीय बैठकमा नजान कांग्रेस सभापति देउवामाथि दबाब

ओलीले बोलाएको सर्वदलीय बैठकमा नजान कांग्रेस सभापति देउवामाथि दबाब

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 7.0K
    SHARES

  • ओलीले बोलाएको सर्वदलीय बैठकमा नजान कांग्रेस सभापति देउवामाथि दबाब

    काठमाडौं- आफू चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आमन्त्रण गरिएको छ ।

    खासगरी नकेपाभित्रै आफू अल्पमतमा परेपछि र यही बेला देशभर राजावादीको प्रदर्शन हुन थालेपछि ओलीले कसरी अघि बढ्ने निर्णय लिन सर्वदलीय बैठक बोलाएका हुन् ।

    राजावादीको प्रदर्शनले गणतन्त्र र संघीयता दुवै धरापमा पर्न थालेको अनुभूति सरकारले गरेको छ । तर, जनताले भने कम्युनिस्ट सरकारबाट आजित भएर राजावादीको आन्दोलनलाई साथ दिइरहेको देखिएको छ ।

    सरकार भ्रष्टाचारमा लिप्त भएकाले प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्न कांग्रेसभित्रै दबाब बढेको छ । खासगरी युवापुस्ताका नेताहरुले त्यस्तो धारणा सार्वजनिक गरेका छन् ।

    मंगलबार बिहान कांग्रेसका युवा नेता धनराज गुरुङले सभापति देउवालाई बैठकमा नजान र यो सरकारको भ्रष्टाचारविरुद्ध नेतृत्व गर्न सुझाएका छन् ।

    ‘आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन। बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारबिरुद्ध मोर्चाबन्दी कस्नका लागि आवश्यक छ,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend