आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाल भारतबीच वाणिज्य सचिवस्तरीय वार्ता भिडियो कन्फरेन्स मार्फत सम्पन्न

नेपाल भारतबीच वाणिज्य सचिवस्तरीय वार्ता भिडियो कन्फरेन्स मार्फत सम्पन्न

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 4.9K
    SHARES

  • नेपाल भारतबीच वाणिज्य सचिवस्तरीय वार्ता भिडियो कन्फरेन्स मार्फत सम्पन्न

     काठमाडौँ- नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवाहन तथा सहकार्य विषयकमा नेपाल – भारत अन्तर सरकारी समितिको बैठक भिडियो कन्फरेन्स मार्फत सम्पन्न भएको छ ।

    विभिन्न मन्त्रालय तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारी सहितको १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगसँगै भारत सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप वाधवाले गरेका थिए ।

     विभिन्न मन्त्रालय एवम् विभागका अधिकारी सम्मिलित नेपाली टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेका हुन् ।

    आइजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ । बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समिक्षा गरिएको बताइएको छ।

    उक्त बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत समिक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा गहन छलफल भएको छ ।

    व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफल भएको बताइएको छ ।

    यस आइसीजी बैठकको तयारीका लागि यही मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो । नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहेको छ ।

    वास्तवमा भारत नेपालको एक मात्र त्यस्तो व्यापार साझेदार मुलुक हो जससँग पछिल्लोे दुई तीन वर्षमा नेपाली निर्यातमा लगातार वृद्घि भएको छ ।

    आजको बैठकमा भएको विस्तृत छलफल र प्रगतिले नेपाल र भारतबीचको आर्थिक तथा वाणिज्य सम्बन्धलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend