काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद झन्झन् गहिरिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरू आक्रामक देखिएका छन् ।
ओलीको अत्यन्तै नजिक मानिने नेता गोकुल बाँस्कोटाले राजनीतिमा विजयको आधार खुल्ला प्रतिस्पर्धा रहेकाले खुला प्रतिस्पर्धाबाट जितेर देखाउन नेकपाभित्रैका विरोधीलाई चुनौती दिएका छन् ।
उनले सोमवार बिहान ट्विटरमा लेखेका छन्, ‘युद्धमा शत्रुको भौतिक सफाया जीतको प्रमाण हो तर राजनीतिमा विजयको आधार खुल्ला प्रतिस्पर्धा । मित्रताको अँगालोको ढोङमा ढाडमा चुप्पी रोपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटीरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डोबहरू मात्र र आम मानिसहरू सधै स्वतन्त्रताको लामो यात्रा रोज्नछन् ।’
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने बताउँदै आएका छन् भने ओली राजीनामा नदिने अडानमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।