काठमाडौं – हिजो बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल चर्काचर्की नै भयो। बैठक झण्डै चार घण्टा चलेपनि आरोप प्रत्यारोपमै समय बित्यो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय ओली र दाहालले प्रस्तुत गरेको प्रस्तावमाथि चर्को बहस चलेको बुझिएको छ ।
प्रतिवेदनमा दुई अध्यक्षले एक अर्काविरुद्ध आरोपसहितको लिखित विषय उल्लेख गरेका छन् । ओलीले असहमति प्रकट गरेपनि कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटि बैठक आजको लागि डाकेरै छोडे। हिजोको बैठकको विषयमा नारायणकाजी भोली स्थायी कमिटी बैठक बस्छ भन्दै नमस्कार गर्दै बैठकस्थलबाट बाहिरिए।
बैठकमा अरु केके भयो भन्ने पत्रकारहरुको जिज्ञासाको बेवास्ता गर्दै नारायणकाजी नमस्कार गर्दै हिँडेका हुन्। यसले पनि दुई अध्यक्षबीचको विवाद चरम उत्कर्षमा पुगेको प्रष्ट हुन्छ। प्रधानमन्त्री ओली दुई अध्यक्षको अलग प्रस्तावबारे छलफल अगाडि बढाउन मानेका छैनन् । अध्यक्ष प्रचण्ड भने छलफल अगाडि बढाउनुपर्ने पक्षमा छन् । यसले नेकपाभित्र दुई अध्यक्षबीच टकराव बढाएको छ । सचिवालयमा अल्पमतमा परेको ओली स्थायी कमिटीमा पनि अल्पमतमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।