काठमाडौं – कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचार, अनियमितता र कमिसनमा चुर्लुम्म डुबेर बदनाम भइरहेका बेला नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले उदाहरणीय काम गरेर देखाएका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित गोरखाको शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले सहयोग जुटाएर स्थानीय बुङकोट स्वास्थ्य चौकीलाई ६ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री हस्तारण गरेका छन् ।
वडाध्यक्ष श्रेष्ठको पहलमा दाताहरूको आर्थिक सहयोगमा स्वास्थ्य चौकीमा बिरामीहरूको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । स्वास्थ्य चौकीका लागि अति आवश्यक रहेको माइक्रोस कोप बेबी अमर, ग्लुको मिटर, फ्रिज, मेडिकल ट्रली लगायतका ल्याबका लागि आवश्यक रहेका कम्युटर तथा फर्निचर फर्निचर समेत हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य चौकीका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको बताउँदै वडाध्यक्ष श्रेष्ठले भने, ‘दाताहरूबाट कूल ६ लाख २३ हजार ६६५ रुपैयाँ आर्थिक संकलन गरी आवश्यक सामग्री खरिद गरेर गाउँपालिकामार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।’
स्वास्थ्य सामग्री खरिदका आरुघाट गाउँपालिका–८ घर भई हाल काठमाडौ निवासी प्रेम खत्रीबाट ४ लाख ८५ हजार ६६५, शहिद लखन गाउँपालिका–८ का अर्जुन भण्डारीबाट ११ हजार, बाबु श्रेष्ठबाट १० हजार उत्तरकुमार श्रेष्ठबाट ५ हजार, वडा नम्बर ६ घैरुङका किरण श्रेष्ठबाट १० हजार, गोपालबाबु श्रेष्ठबाट ११ हजार, वडा नम्बर ७ बुङकोटका निरोज थापाबाट ६० हजार, नवराज श्रेष्ठबाट १० हजार, पूर्ण श्रेष्ठबाट ११ हजार विष्णु थापाबाट १० हजार रुपैयाँ सहयोग संकलन भएको श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष रमेश थापागमरमार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा पालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आले, वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अंगाई, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।