काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा प्रहरीले धरपकड गरेको विषयमा छलफल गर्न देउवाले आज पदाधिकारी बैठक आह्वान गरेको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
‘बैठक २ बजे बस्ने तय भएको छ। सभापति ज्युले वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी सबैलाई बैठकमा आउन भन्नु भएको छ,’ पौडेलले भने, ‘रामचन्द्र दाइ पनि आजै तनहुँबाट काठमाडौं आउने कार्यक्रम छ। बैठकमा तनहुँमा प्रशासनले गरेको ज्याजतीको विषयमा गम्भीर छलफल हुनेछ।
कांग्रेसले सरकारको रवैयाबारे नयाँ रणनीति बनाउनेछ।’ बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ। बुधबार तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न पुगेको पौडेललाई नेकपाका कार्यकर्ताले अवरोध गरेका थिए। कांग्रेस र नेकपा कार्यकर्ताको विवादले उग्ररुप लिन लागेको भन्दै प्रशासनले निषेधाज्ञा नै जारी गरेको थियो।
निषेधाज्ञाका बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखेको थियो। बुल्दी खोला पुल निर्माण सम्पन्न भएको २ वर्षपछि बिहीबार उनै पौडेलले उद्घाटन गरे। नेकपा र कांग्रेसबीच कस्ले उद्घाटन गर्ने विवादले पुल उद्घाटन भएको थिएन।
बिहीबार तनहुँमा कांग्रेसले शक्ति प्रदर्शन गरी पौडेलबाटै पुल उद्घाटन गरायो। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु कांग्रेस केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराईलगायत प्रदेशका संसदीय दलका नेता अन्य प्रदेशसभा सदस्य तथा नेता कार्यकर्ताको सहभागीता थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।