आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मध्यराति ईश्वर पोखरेलको उद्घोष : ‘मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ !’

मध्यराति ईश्वर पोखरेलको उद्घोष : ‘मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ !’

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १९ २०७७

  • 4.7K
    SHARES

  • मध्यराति ईश्वर पोखरेलको उद्घोष : ‘मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ !’

    काठमाडौं – जाडो मौसममा साँझ ६ बजे नै अँध्यारो भइसक्छ । राति ११ बजेसम्म त मध्यरातजस्तै भइसक्छ ।

    यस्तै मध्यराति सामाजिक सञ्जाल ट्विटरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घोष गरे, ‘संकटको मध्यरातपछि बिहानी प्राम्भ हुन्छ !’

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला पोखरेलले गरेको ट्विटलाई चासोका साथ हेरिएको छ । बिहीबार राति पोखरेलले ट्विट गर्नुअघि बालुवाटारमा लामो समय रातिसम्मै मन्त्रिपरिषद् बैठक बसेको थियो ।

    पोखरेलले ट्विटरमा लेखे, ‘नेकपाभित्रको अहिलेको स्थितिलाई अनेक कोणबाट हेरिरहेकाहरूले बुझ्दा हुन्छ – संकटको मध्यरातपछि बिहानी प्रारम्भ हुन्छ !’

    बालुवाटारमा मन्त्रिपरिषद् बैठक हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । मन्त्रिपरिषद् बैठक चलिरहँदा शितलनिवासमा राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समेत छलफल चलिरहेको थियो ।

    मंसिर २० गते बोलाइएको नेकपा सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएपनि नेकपा संकट कतातिर जाने हो निश्चित भइसकेको छैन । संकटको मध्यरातमा रहेको नेकपामा बिहानी कसरी आउने हो ? स्पष्ट भइसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend