बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस कार्यकर्ताको आक्रोश बढेपछि ओली सरकारविरुद्ध राँको बल्यो

कांग्रेस कार्यकर्ताको आक्रोश बढेपछि ओली सरकारविरुद्ध राँको बल्यो

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 6.4K
    SHARES

  • कांग्रेस कार्यकर्ताको आक्रोश बढेपछि ओली सरकारविरुद्ध राँको बल्यो

    काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार भएको घटनापछि आक्रोशित नेपाली कांग्रेसले नवलपुरको कावासोतीमा कांग्रेसले राँके जुलुस प्रदर्शन गरेको छ ।

    नेविसंघ, नेपाल तरुण दलसहित कांग्रेस कार्यकर्ताले बिहीवार साँझ कावासोती बजारमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध नारा लगाउँदै राँके जुलुस प्रदर्शन गरेका छन् ।

    उनीहरूले भ्रष्ट ओली सरकार राजीनामा दे, कम्युनिस्ट सरकार मुर्दावादजस्ता नारा लगाएका थिए । कावासोतीस्थित गणेशमान चोकबाट सुरू भएको जुलुस जिल्ला प्रहरी कार्यालय हुँदै फलफूल चोकमा टुंगिएको थियो ।

    बुधवार तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यक्रममा सरकार सर्मथकहरूले अवरोध गरेपछि सुरक्षाको कारण भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा लिएर छाडेको थियो ।

    सरकारले कांग्रेस नेतामाथि दुर्व्यवहार गरेको विरोधमा कांग्रेसले विरोध गरेको तरुण दलका अध्यक्ष सूर्य गुरुङले बताएका छन् । देशभर आक्रोशित कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend