काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार घटनाको सर्वत्र निन्दा भइरहेको छ । तर सरकारले घटनाबारे आधिकारिक रूपमा केही बोलेको छैन ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मौन बसेर घटनाका दोषीलाई बचाउने चक्करमा लागेका बेला नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले दोषीलाई कारवाहीको माग गर्दै कडा विज्ञप्ति जारी गरेको छ ।
प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बिहीवार विज्ञप्ति जारी गरेको विज्ञप्तिमा बुधवार तनहुँमा वरिष्ठ नेता पौडेलमाथि प्रहरी–प्रशासनबाट भएको अभद्र व्यवहार, ज्यादती र गिरफ्तारीको भर्त्सना गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।
‘शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरी संविधानप्रदत्त हकमा आघात पुर्याउने गरी भएको घटनाको निन्दा गर्दै छानवीन गरी दोषीमाथि कारवाही गर्न नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।