काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका सदस्य जन्मजय तिमिल्सिनाले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको गतिविधिले कम्युनिस्टहरूको बचेखुचेको साखपनि छर्लङ्ग भएको टिप्पणी गरेका छन् ।
नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष समेत रहेका नेता तिमिल्सिनाले वरिष्ठ नेता पौडेललाई तनहुँमा पुल उद्घाटनका क्रममा देखाएको हर्कतले उनीहरूको अधिनायकवादी चरित्र छर्लङ्ग भएको बताए । उनले कम्युनिस्टहरूले संविधानलाई उल्लंघन गर्ने गरे गतिविधि गरेको भन्दै विरोध जनाए ।
कांग्रेसका युवा नेता तिमिल्सिनाले संविधान र लोकतान्त्रिक गतिविधिलाई रोक्न खोज्ने कम्युनिस्ट सरकारको गतिविधिले जनताले दिएको म्याण्डेटको खिल्ली उडाएको बताएका छन् । कम्युनिस्ट सरकारको दब्दबामा रहेर कांग्रेसमाथि ज्यादति गर्ने स्थानीय प्रशासन र प्रहरी प्रमुखलाई कांग्रेसले निगरानीमा राख्ने युवा नेता तिमिल्सिनाले चेतावनी दिएका छन् ।
‘कम्युनिस्टको सत्ता सधैँ रहँदैन’, उनले चेतावनी शैलीमा भने, ‘एक दिन कांग्रेसको सत्ता पनि आउनेछ । त्यस बेला लोकतान्त्रिक र संविधान विवपरितका गतिविधि गर्ने तत्वलाई सबक सिकाउने छौँ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।