काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृहजिल्ला तनहुँमा दुर्व्यवहार भएपछि कांग्रेस पार्टी नै आक्रोशमा छ ।
कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, नेविसंघ लगायतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन शुरू गरिसकेका छन् ।
नेपाल तरुण दलले देशभरका जिल्ला समितिलाई परिपत्र गर्दै सशक्त विरोध गर्न निर्देशन दिइसकेको छ । नेता पौडेलमाथि भएको दुर्व्यवहार घटनाबारे मिडिया डबलीलाई संक्षिप्त प्रतिक्रिया दिँदै तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले कम्युनिस्ट सरकारको दादागिरी तोड्न तरुण दल मैदानमा आउने बताएका छन् ।
‘कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक सहभागितायुक्त आन्दोलनहरू कांग्रेसले गर्न सकेको थिएन । तर अब कम्युनिस्टको दादागिरी नै अति भएपछि कोरोनालाई बिर्साएदिएको छ,’ उपाध्यक्ष चापागाईंले भने, ‘अब कांग्रेस र तरुण दल चुप लागेर बस्ने अवस्थामा छैन । देशभरका तरुण कार्यकर्ता प्रतिरोधमा उत्रिएका छन् ।’
तनहुँको ब्यास नगरपालिकामा बनेको पुल उ्दघाटन गर्दै क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । चौतर्फी विरोधपछि बुधवार साँझ पौडेललाई प्रहरीले रिहा गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।