बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेससँग जिस्किएपछि ओली सरकारविरुद्ध रातारात प्रदर्शन, सडकमा उर्लिए जनता !

कांग्रेससँग जिस्किएपछि ओली सरकारविरुद्ध रातारात प्रदर्शन, सडकमा उर्लिए जनता !

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 9.9K
    SHARES

  • कांग्रेससँग जिस्किएपछि ओली सरकारविरुद्ध रातारात प्रदर्शन, सडकमा उर्लिए जनता !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको नीति अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर कांग्रेससँग जिस्किएपछि रातारात देशभर प्रदर्शन हुन थालेको छ ।

    राजधानी काठमाडौंको माइतीघर मण्डला र पोखरामा ओली सरकारविरुद्ध सशक्त प्रदर्शन भएको जनाइएको छ । यसअघि पार्टी सभापति शेरबहादुर देउवा र नेपाल तरुण दलका सभापति जित जंग बस्नेतले सशक्त विरोध गर्न निर्देशन दिए । 

    शान्त र शालिन स्वभावका नेता पौडेललाई पक्राउ गरेर ओली सरकारले निरंकुशता देखाएपछि जनता सडकमा उर्लिएका छन् । नेता पौडेलमाथि तनहुँमा भएको दुर्व्यहारविरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको हो । माइतीघर आन्दोलनको नेतृत्व नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले गरेको छ ।

    128143296_814209955823333_4877519255028046933_n.jpg

    यसअघि तनहुँमा समेत कांग्रेसले प्रदर्शन गरेको थियो । ओली सरकारको दुर्व्यवहारविरुद्ध जनताहरू जुर्मुराउँदै सडकमा उत्रिएका छन् ।

    तनहुँको पुल उद्घाटनमा जान लागेका नेता पौडेललाई प्रहरीले व्यास नगरपालिका–१ तालघरेबाट आज बुधबार दिउँसो पक्राउ गरेपछि सर्वत्र विरोध भएको थियो । विरोधपछि पौडेललाई रिहा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend