बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली सरकारविरुद्ध देशभर आन्दोलन गर्न तरुण दलको परिपत्र, यस्तो छ निर्देशन

ओली सरकारविरुद्ध देशभर आन्दोलन गर्न तरुण दलको परिपत्र, यस्तो छ निर्देशन

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 9.3K
    SHARES

  • ओली सरकारविरुद्ध देशभर आन्दोलन गर्न तरुण दलको परिपत्र, यस्तो छ निर्देशन

    काठमाडौं – आफ्नो गृहजिल्ला तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि सरकारविरुद्ध आन्दोलन गर्न नेपाल तरुण दलले देशभर परिपत्र गरेको छ ।

    तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले देशभरका जिल्ला अध्यक्षहरूलाई परिपत्र गर्दै प्रशासनको गलत कदमको विरोध स्वरूप सशक्त कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

    ‘सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति सबै जिल्ला समितिहरूलाई यो परिपत्रमार्फत निर्देशन गर्दछ,’ परिपत्रमा भनिएको छ, ‘आफ्नो गृह जिल्लामा पुल उद्घाटन गर्न जानु भएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यू साथै नेपाली काँग्रेस तनहु जिल्ला कार्यवाहक सभापती जित प्रकाश आलेलाई पुल उद्घाटन गर्न नदिई सत्ता र शक्तिको आडमा भएको प्रहरी दुव्र्यवहार र गिरफ्तारीको नेपाल तरुण दल केन्द्रिय समिति घोर निन्दा गर्दछ । हाम्रा वरिष्ठ नेता साथै नेपाली कांग्रेस तनहु जिल्ला कार्यबाहक सभापतीकोे चाडोभन्दा चाडो स–सम्मान रिहाइको जोडदार माग गर्दछौं ।’

    पौडेललाई पक्राउ गरिएको खबर फैलिएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा सरकारको विरोध भएको थियो । चर्काे विरोधपछि वरिष्ठ नेता पौडेललाई रिहा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend