काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नाङ्गै प्रस्तुत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता खतिवडाले सरकारविरुद्ध प्रतिरोध गर्न आह्वान गरेका छन् ।
उनले लेखेका छन्, ‘पौडेलको गिरफ्तारी नियोजित हो, राजनीतिक प्रतिशोध हो, यसले यो सरकार कुन बाटो जाँदैछ भन्ने स्पष्ट छ। ओलीले आफ्नो पक्षमा जूलूस निकाल्ने, अरुलाई स्वतन्त्र आवागमन हुन समेत नदिने कामले संविधानमाथि नै आक्रमण भएको छ। सरकार देशमा नाङ्गै प्रस्तुत भयो ! प्रतिरोध गरौं ।'
बुधवार दिउँसो तनहुँको ब्यास नगरपालिकाबाट प्रहरीले नेता पौडेललाई पक्राउ गरेको थियो । सर्वत्र विरोध भएपछि साँझ रिहा गरिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।