काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको चौतर्फी विरोधपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले पक्राउ गरेका नेता पौडेल ३ घण्टापछि रिहा भएका हुन् ।
ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई पक्राउ गरेको थियो ।
प्रधानमन्त्री ओलीसहित मन्त्री र कम्युनिस्ट नेताहरूले धेरै भीडभाड गर्दा पनि नदेख्ने प्रहरीले कांग्रेस नेतालाई पक्राउ गरेपछि सर्वत्र विरोध भएको थियो । नेता पौडेललाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिएका छन् ।
पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले ओली सरकारको हर्कतको विरोध गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।