बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

पौडेलको गिरफ्तारीपछि देउवाले मुख खोले, कम्युनिस्टलाई दिए खुला चुनौती

पौडेलको गिरफ्तारीपछि देउवाले मुख खोले, कम्युनिस्टलाई दिए खुला चुनौती

  • मिडिया डबली
  • बुधवार, मंसिर १७ २०७७

  • 4.4K
    SHARES

  • पौडेलको गिरफ्तारीपछि देउवाले मुख खोले, कम्युनिस्टलाई दिए खुला चुनौती

    काठमाडौं- वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

    विज्ञप्ति जारी गर्दै देउवाले पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटना आपत्तिजनक एवं निन्दनीय रहेको बताएका हुन्। 

    पौडेलेको गिरफ्तारीले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने खुला चुनौतीको उद्घोषसमेत देउवाले गरेका छन् ।

    ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाले भनेका छन्,

    ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend