काठमाडौं - नेकपाकी नेता सांसद ओनसरी घतीले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक्लो बनाएर हान्ने धुत्र्याइँ गरेको आरोप लगाएकी छन्। घर्तीले ओलीले साह्रै तल्लो तहसम्म गिरेर प्रचण्ड विरुद्ध उत्रिएको पनि बताएकी छन्। ‘उहाँले एउटा धुर्त्याइँ गर्नुभएको छ।
सकेसम्म प्रचण्डलाई एक्लो बनाएर हान्ने। उहाँको प्रयास त्यतातिर देखिन्छ। उहाँले जनयुद्धका बेलाका थुप्रै प्रसंग उठाउनुभएको छ। शब्दछनोट पनि त्यस्तै छ,’ उनले भनिन्, ‘त्यो भनेको व्यक्तिगत रुपमा तल्लो स्तरमा उत्रिनुभएको हो। ओलीजीको त्यो चाल नेताहरुले बुझिसक्नुभएको छ।’
उनले ओलीले जति नै धुर्त्याइँपुर्वक डकुमेन्ट तयार गरेपनि प्रचण्ड र सत्यको जीत हुने दाबी गरिन्। ‘प्रधानमन्त्री ओलीले एकतापछि पार्टीभित्र र सरकारमा बसेर के के गर्नुभयो भन्ने विषय त्यसै छोपिन्छ र ? उहाँले आफ्नो कमजोरी छोप्न के के को सहारा लिनुभएको छ ?,’ उनले प्रश्न गर्दै भनिन्, ‘अहिले त्यो कुरा जरुरी थिए ? प्रचण्डलाई पुराना कुरा गरेर जसरी नाङ्गेझार पार्छु भनेर डकुमेन्ट ल्याउनुभयो। उहाँले राजनीतिक चरित्र र नेकपाको अध्यक्षमा हुनुपर्ने संस्कार नै बिर्सिनुभएको छ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।