आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घनश्याम भुसालले गरीब किसानलाई दिए ठूलो धोका, सरकारविरुद्ध आन्दोलनको तयारी

घनश्याम भुसालले गरीब किसानलाई दिए ठूलो धोका, सरकारविरुद्ध आन्दोलनको तयारी

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 7.6K
    SHARES

  • घनश्याम भुसालले गरीब किसानलाई दिए ठूलो धोका, सरकारविरुद्ध आन्दोलनको तयारी

    काठमाडौं – मार्क्सवादको मौखिक व्याख्या गर्ने गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता घनश्याम भुसालले सम्हालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भावना सम्बोधन नगरेर धोका दिएको पाइएको छ ।

    आर्थिक अवस्था कमजोर भएका गरीब किसानले उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण गर्न माग गरेपनि मन्त्रालयले ५४४ रुपैयाँ तोक्न सिफारिस गरेको छ । उखुको मूल्य कम तोकेर धनीमानी चिनी मिल उद्योगलाई फाइदा पुर्‍याउने कम्युनिस्ट मन्त्रीहरूको चालबाजी रहेको किसानको आरोप छ ।

    नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । तर चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ सिफारिस गर्ने तयारी गरिएको छ । उखुको नगद अनुदान प्रतिक्विटल ६५ रुपैयाँ २८ पैसासहित जोडेर प्रतिक्विन्टल समर्थन मूल्य ५४४ रुपैयाँ तोकेर मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालायलाई सिफारिस गर्ने तयारी गरेको हो ।

    गत वर्षको तुलनामा कृषि मन्त्रालयले यस वर्ष प्रतिक्विन्टल ८ रुपैयाँ बढाएर सिफारिस गर्ने तयारी गरेको छ । गत वर्ष सरकारले उखुको नगद अनुदानसहित प्रतिक्न्विटल समर्थन मूल्य ५३६ निर्धारण गरेको थियो । किसानको लागत खर्च र ढुवानी जोडेर गत वर्षभन्दा समर्थन मूल्य ८ रुपैयाँ बढाएर सिफारिस गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ ।

    नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नगद अनुदानसहित उखुको समर्थन मूल्य ६२० रुपैयाँ निर्धारण नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनले भने, ‘कृषि मन्त्रालयले प्रतिक्विन्टल ५४४ रुपैयाँ उखुको समर्थन मूल्यका लागि सिफारिस गर्ने तयारी गरेको छ । उखु किसानको लागत मूल्यमा र ढुवानी २० प्रतिशतभन्दा बढी मूल्य बढेको छ । प्रतिक्विन्टल ५४४ रुपैयाँ मात्र हुने हो भने अब उखु किसानले उखु खेती नै गर्न छोड्ने छन् ।

    सरकारले उखु किसानलाई उखु खेतीलाई नै निरन्तरताका लागि प्रोत्साहित गर्ने हो भने प्रतिक्विन्टल ६२० रुपैयाँ उखुको मूल्य निर्धारण गर्नुपर्ने उनले बताए । उनले भने, ‘सरकारले कृषि मन्त्रालयले सिफारिस गरेको उखुको समर्थन मूल्य ५४४ रुपैयाँ नै स्वीकृत गरेपछि आन्दोलनका लागि सबै स्थानीय तहका नगरपालिकामा पत्राचार गरी उखु खेती नै नगर्ने गरी हामीले आन्दोलन तयारी गरेका छौं ।’

    सरकारले नै उखु किसानलाई बेवास्ता गर्दै आएका कारण बर्सेनि २० प्रतिशतले किसान उखु खेतीबाट पलायन हँुदै गएका छन् । बर्सेनि उखुको उत्पादन पनि घट्दै गएको छ । अध्यक्ष मैनालीले भने, ‘२–३ वर्षअघि उखुको उत्पादन २ करोड ७६ लाख क्विन्टल उत्पादन हुन्थ्यो । अहिले उखुको उत्पादन आधाभन्दा बढी घटेको छ ।’ यसवर्ष उखुको उत्पादन १ करोड ३० लाख क्विन्टल मात्र उत्पादन हुने अनुमान छ । आजको राजधानी दैनिकमा खबर छ ।

    देशभर उखु किसान ७२ हजार छन् । चिनी मिलले उखुको भुक्तानी समय नदिने भएपछि उखु खेती गर्न छोडेर अन्य पेशामा लाग्न थालेका छन् । ४ वटा चिनी मिलले लामो समयदेखिको उखु किसानको उखु बिक्री गरेको ५८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

    उनले भने, ‘चिनी मिलले किसानको उखुको भुक्तानी नै नदिने अनि सरकारले पनि किसानलाई बेवास्ता गर्ने, किसानले खाना पानी नभनेर उत्पादन गरेको उखुको मूल्य नै नपाउने भएपछि उखु खेती गर्न छोड्न थालेका छन् ।

    अध्यक्ष मैनालीका अनुसार देशभर उखु किसान ७२ हजार छन् । चिनी मिलले उखुको भुक्तानी समय नदिने भएपछि उखु खेती गर्न छोडेर अन्य पेशामा लाग्न थालेका छन् । मैनालीका अनुसार ४ वटा चिनी मिलले लामो समयदेखिको उखु किसानको उखु बिक्री गरेको ५८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । किसानको उखुको भुक्तानी नै नगरी चिनी मिल बन्द भइसकेका छन् । तर किसानले उखुको भुक्तानी भने पाएका छैनन् । मैनालीका अनुसार उखुको भुक्तानी गर्न बाँकी अन्नपूर्ण चिनी मिलको १७ करोड रुपैयाँ, श्रीराम सुगर मिलको २४ करोड लुिम्बनी सुगर मिलको १० करोड र इन्दिरा मिलको ७ करोड भुक्तानी गर्न बाँकी छ ।

    कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले उखु किसान, चिनी उद्योगी र विभिन्न सरोकारवाला निकायसँग छलफल गरी यस वर्षका लागि उखुको समर्थन मूल्य वाणिज्य मन्त्रालयले पठाउने तयारी गरेको बताए । उनले गतभन्दा यस वर्ष उखुको समर्थन मूल्य बढाउन सिफारिस गर्ने तयारी भएको बताए । प्रवक्ता केसीले भने, ‘कृषि विभाग कृषि विभाग उत्पादनलागतको अध्ययन गरेर मन्त्रालयलाई सिफारिस गर्छ । सोही आधारमा उखु किसान, चिनी उद्योगी व्यापारी र सरोकारवालासँग छलफल गरी कृषि मन्त्रालयले समर्थन मूल्य सिफारिस गर्नेछ, ।’

    डा. प्रवक्ता केसीले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य वाणिज्यलाई १–२ दिनभित्रमा सिफारिस गरी सक्ने बताए । उनले कृषि मन्त्रालयले वाणिज्य मन्त्रालयलाई सिफारिस समर्थन मूल्यमा फेरि छलफल गरी वाणिज्यले मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । वाणिज्य मन्त्रालयले सिफारिस गरेको मूल्य मन्त्रिपरिषद्ले स्वीकृत गरेको मूल्य निर्धारण हुने प्रवक्ता केसीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०७७१०:४७:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend