आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

गृहमन्त्री बादललाई पेलेर ईश्वर पोखरेलले प्रहरीमा घुसाए राजनीति, नातेदारलाई लाभ !

गृहमन्त्री बादललाई पेलेर ईश्वर पोखरेलले प्रहरीमा घुसाए राजनीति, नातेदारलाई लाभ !

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 5.9K
    SHARES

  • गृहमन्त्री बादललाई पेलेर ईश्वर पोखरेलले प्रहरीमा घुसाए राजनीति, नातेदारलाई लाभ !

    काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा चल्नुपर्ने नेपाल प्रहरीको संगठनमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीति घुसाएका छन् ।

    प्रहरीमा आवश्यक नभएको भनेर घटाइएको एआईजीको दरबन्दी गृहमन्त्री बादललाई थाहै नदिई मन्त्रिपरिषद्बाट एकाएक थपेर उपप्रधानमन्त्री पोखरेलले आफ्ना नातेदार डीआईजी विश्वराज पोखरेललाई एआईजी बनाउने बाटो खोलेका थिए ।

    बढुवा समितिको सोमबारको बैठकले डीआईजी विश्वराज पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको छ । डीआईजी पोखरेल उपप्रधानमन्त्री पोखरेलका नातेदार हुन् ।

    डीआईजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । यसअघि समेत पोखरेललाई एक्लै एसएसपीबाट डीआईजी बनाइएको थियो । यसरी माथिमाथि उकालेर पोखरेललाई छिट्टै प्रहरी प्रमुख आईजीपी बनाउने रणनीति रहेको चर्चा प्रहरी संगठनमा चल्ने गरेको छ । प्रहरी संगठनमा राजनीति घुसाएर पोखरेलले आफ्ना नातेदारलाई माथिमाथि उकालिरहेका छन् ।

    यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्ड एम) स्वीकृत गर्दै नेपाल प्रहरीमा १ एआईजी र ५ डीआईजीको दरवन्दी थप्ने निर्णय गरेको थियो । बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ । उपप्रधानमन्त्री पोखरेल हाल प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend