बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गोठाटारमा कांग्रेसको खेलकुद विभागले गर्‍यो पुण्यकर्म !

गोठाटारमा कांग्रेसको खेलकुद विभागले गर्‍यो पुण्यकर्म !

  • मिडिया डबली
  • आइतवार, मंसिर १४ २०७७

  • 5.0K
    SHARES

  • गोठाटारमा कांग्रेसको खेलकुद विभागले गर्‍यो पुण्यकर्म !

    काठमाडौं – ‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित देशमा भइरहेको रगत अभावलाई मध्यनजर गरी नेपाली कांग्रेस खेलकुद विभागले रक्तदान कार्यक्रम गरेको छ ।

    रक्तदान कार्यक्रम अन्तर्गत मंसिर १४ गते काठमाडौंको गोठाटारमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका प्रमुख पूर्व सूचना तथा सञ्चार मन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य एवं खेलकुद विभागका सदस्य उद्घव खड्काको संयोजकत्वमा नेपाली कांग्रेस पार्टीका अग्रज नेता गण, भातृ शुभेच्छुक संस्थाका पदाधिकारी लगायत थुप्रै नेता कार्यकर्ताको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका छन् ।

    रक्तदान कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सूचना तथा सञ्चार मन्त्री पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले देशमा रगत अभाव हुँदै गर्दाको अवस्थामा देशमा भयावह अवस्था आउँछ यसलाई नेपाली कांग्रेसले ख्याल गर्नुपर्दछ भनी शेरबहादुर देउवाज्यूको सल्लाह  बमोजिम विभागले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।’

    127615172_310957846627966_7247599039972076774_n.jpg

     

    सम्बोधनका क्रममा उनले भने, ‘कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन्, अवसर पाउन लाइन लागेका छन् । कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन् । हामीले दिएको रगत ती कम्युनिस्टका नेता कार्यकर्ताहरूलाई पनि काम लाग्छ । नेपाली कांग्रेस मानवताको भावले ओतप्रोत पार्टी भएकाले जनताप्रति मानवीय जिम्मेवारी कायम गर्दै  बिरामीहरूलाई रगतको आपूर्तिमा सम्भव भएसम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको हो ।’

    विभागले हालसम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पूर्ण रक्तदाता र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुको साथै रक्तदान कार्यक्रमहरू देशका विभिन्न जिल्लामा स्वास्थ्य मापदण्डसहित चल्ने भएकाले आदरणीय दिदीबहिनी दाजुभाइ तथा तरुण युवालाई रक्तदानको लागि अपिल गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर १४ २०७७०८:५३:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend