काठमाडौं- नेपाली कांग्रेस मोरङका महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको शुक्रबार बिहान १०ः२४ बजे विराटनगर स्थित नोबेल मेडिकल कलेजमा निधन भएको छ ।
कोइराला मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका थिए। नोबेल मेडिकल कलेजमा उनको उपचारका क्रममा निधन भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालकाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
‘पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय कोइरालाले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जानरी विज्ञप्तिमा भनिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।