आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘नेपाललाई भारतको नमुना सहयात्री बनाउन भारत तयार छ’

‘नेपाललाई भारतको नमुना सहयात्री बनाउन भारत तयार छ’

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 3.6K
    SHARES

  • ‘नेपाललाई भारतको नमुना सहयात्री बनाउन भारत तयार छ’

    काठमाडाैं - भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपालभारत मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा उनले नेपाल(भारतका पुस्ताप्रति आफूहरु जवाफदेही भएको उल्लेख गरे।

    उनले दुई देशबीच घनिष्ट मित्रका रुपमा एकसाथ गर्नुपर्नेमा जोड दिएका छन्। ‘नेपाल र भारत दुवै देशका पुस्ताप्रति हामी जवाफदेही छौं। घनिष्ट मित्रका रुपमा हामीले सँगै काम गर्नुपर्छ’, उनले जोड दिँदै भनेका छन्। सचिव श्रृंगलाले कोरोना भाइरस महामारीविरुद्ध दुवै देश मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

    उनले भारतले कोरोनाविरुद्ध खोप निर्माण तथा आयातका लागि काम गरिरहेको बताउँदै त्यसलाई नेपालमा पनि उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। ‘जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ,’ उनले अगाडि भने। श्रृंगलाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताउँदै नेपाललाई त्यो यात्राको हिस्सेदार बनाउन चाहेको पनि उल्लेख गरे।

    'हामीले भारतमा मात्र होइन, परपरसम्म हेरेर सपना देखिरहेका छौं। हामी यो सपनालाई वास्तविकतामा बदल्न निरन्तर मेहनत गरिरहेका छौं र नेपालका मित्रहरूलाई हाम्रो यात्राको हिस्सा बनाउन चाहन्छौं,’ उनले भने,‘हामी यो एक्लै गर्न सक्दैनौं, जसरी तपाईंहरू आफ्नो सपना एक्लै पुरा गर्न सक्नुहुन्‍न। हाम्रो क्षेत्रमा, दक्षिण एसियामा, हामी एक(अर्कामा निर्भर छौं, एक(अर्कालाई चाहिन्छौं।’

    दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार बिहान काठमाडौं ओर्लिएका विदेश सचिव श्रृंगलाले समकक्षी परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend