काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीका प्रिय पात्र बिष्णु पौडेल सोमबार खुमलटार पुगेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत २८ गतेको सचिवालय बैठकमा पेश गरेको ओलीविरुद्धको प्रस्ताव पिर्ता ल्याउँन आग्रह गर्दै महहासचिव पौडेल खुमलटार पुगेका हुन् ।
सो क्रममा उनले ओलीले सो प्रस्तावका कारण पार्टी बैठक बस्न नसक्ने अडान लिएका कारण त्यसलाई अहिले स्थगित वा फिर्ता लिइदिन आग्रह गरेको स्रोतले जनाएको छ।
यद्यपी प्रचण्डले भने महासचिव पौडेलको आग्रह अस्विकार गर्दै यसविषयमा सबै छलफल बैठकमै गरिनmे घोषणा गरेका छन् । ‘सचिवालयबाट बैठक बस्ने निर्णय भएकोले कसैले चाहँदैमा बैठक रोक्न मिल्दैन, बैठकमै सबै कुराको छलफल गरौं, तपाईंले बैठक कै विषयमा तयारी गर्नुस्,’ प्रचण्डले पौडेलसँग भनेको स्रोतको दाबी छ ।
गत शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले अर्कोे बैठक भोलि बुधबार बस्ने तय गरेको थियो। शुक्रबारको वैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९–पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए।
सो प्रस्तावमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टी कमिटीका निर्णय नमानेको, सरकार संचालन गर्न असफल भएको, गुटबन्दी गरेको लगायतका आरोप लगाएका छन्।
केहि दिनयता पौडेलले प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतसँग समेत छलफल गरेका छन्।
प्रचण्डको योजनाविरुद्ध जान खोजिरहेका ओली र ओलीका प्रिय पात्रहरुलाई प्रचण्डले खुमलटारबाट त्रासपूर्ण अभिव्यक्ती दिँदै प्रस्तावबारेको छलफल बुधबचारको बैठकमा नै गर्ने भनेर फिर्ता पठाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।