आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

५ औं आयुवर्वेद दिवस भव्यत्ताका साथ सम्पन्न

५ औं आयुवर्वेद दिवस भव्यत्ताका साथ सम्पन्न

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २८ २०७७

  • 4.4K
    SHARES

  • ५ औं आयुवर्वेद दिवस भव्यत्ताका साथ सम्पन्न

    काठमाडौं- कोविड-१९ को लागि आयुर्वेद शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबंध प्रतियोगिताको आयोजना गरी ५ औं आयुर्वेद दिवस सम्पन्न भएकाे छ। भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन  विश्वविद्यालयको सहयोगमा उक्त प्रतियोगितको आयोजना गरिएको हो ।

    वेबिनारमा भारत, नेपाल र अन्य देशहरूबाट करिब २०० सहभागीहरू उपस्थित थिए। प्यानलिस्टहरुमा भारत र नेपालका ६ प्रख्यात वक्ता एवं आयुर्वेद अभ्यासकहरु थिए जसले आफ्नो विचारहरु र विशेषज्ञताका विषयमा विभिन्न कुराहरु सार्वजनिक गरेका छन् ।

    यस अवसरमा राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश दिए।  कार्यक्रममा सहभागिता जनाएकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर(घरमा पाइन्ने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरिएको छ ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि उपस्थित थिए। कार्यक्रमको दौरान अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend