आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जुवा खेलिरहेका नेकपाका तीन वडाध्यक्षसहित चार जना पक्राउ

जुवा खेलिरहेका नेकपाका तीन वडाध्यक्षसहित चार जना पक्राउ

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 8.4K
    SHARES

  • जुवा खेलिरहेका नेकपाका तीन वडाध्यक्षसहित चार जना पक्राउ
    फाइल तस्वीर

     तेह्रथुम - तेह्रथुममा जुवा खेलिरहेका तीन जना वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले म्याङलुङ नगरपालिका–६ का अध्यक्ष इन्द्र लिम्बु, वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा नं. ८ का अध्यक्ष सुनिल सम्बाहाम्फे र स्थानीय भीमबहादुर लिम्बूलाई एक लाख रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको हो ।

    उनीहरुविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । मंगलबार जिरिखिम्तीको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले दिउँसो तीन बजे छापा मारेको थियो ।

    श्रोतका अनुसार सो ठाउँमा नियमित जुवा खेल्ने गरेको सूचना प्रहरीले पाएको थियो । जुवा खालबाट मोटो रकम बोकेका व्यक्ति भने फरार भएका छन् ।

    उनीहरुविरुद्ध प्रहरीले मुलुकी फौजदारी आचारसंहिताअनुसार मुद्धा दर्ता गरी प्रक्रिया अघि बढाएको छ । तीनै जना वडाध्यक्षहरु नेकपाबाट निर्वाचित हुन् ।

    वडाध्यक्षहरु नै जुवाखालबाट पक्राउ परेपछि उनीहरुलाई छुटाउन जिल्लाको राजनीतिक नेतृत्व लागिपरेको छ । राजनीतिक दबाबकै कारण प्रहरीले मुद्धाको विवरण समेत सार्वजनिक गरेको छैन ।

    डिएसपी गौतम पोखरेलले सञ्चारकर्मीलाई समेत घटनाको बारेमा समाचार नलेख्न आग्रह गरिरहेका छन् । यसअघि दशैँमा पनि मोटो रकमसहित म्याङलुङकै एक वडाध्यक्ष पक्राउ परेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०३:५६:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend