काठमाडौं- नेपाल विद्युत प्राधिकरणले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । योसँगै अब, तत्काल बाहिरबाट नयाँ निर्देशक नियुक्त गर्नुपर्ने झनझनट टरेको छ ।
योसँगै अब, प्राधिकरणमा ठुलो जनमाग रहेका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ती हुने सम्भावना टरेको छ । योसँगै कुलमान प्राधिकरणको निर्देशकमा फेरि नियुक्त हुने सम्भावना लगभग समाप्त भएको छ ।
ऊर्जा मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारीमा नियुक्त गरेको थियो । प्राधिकरणको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मा दिएको हो ।
अब उनले कार्यकारी निर्देशकसरहकै सेवा सुविधा र अधिकार पाएका छन् । यसअघि कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको भदौ २९मा कार्यकाल सकिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मा दिएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।