आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी फुटाउन खोजेको आरोपपछि नारायणकाजीको आक्रोश, तुम शेर तो हम सवा शेर

पार्टी फुटाउन खोजेको आरोपपछि नारायणकाजीको आक्रोश, तुम शेर तो हम सवा शेर

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १८ २०७७

  • 6.0K
    SHARES

  • पार्टी फुटाउन खोजेको आरोपपछि नारायणकाजीको आक्रोश, तुम शेर तो हम सवा शेर

     काठमाडौं - सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विभाजनको कुरा जहाँसुकैबाट आए पनि त्यो सही नभएको भन्दै पार्टीलाई विघटन र विभाजनको दिशामा लैजान नहुने बताएका छन् ।

    नेकपामा खासगरी प्रधानमन्त्री केपी ओली पक्षबाट पार्टी विभाजनको प्रस्ताव प्रवक्ता श्रेष्ठबाट आएको आरोप लागेपछि उनले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गरेका हुन् ।

    नेता श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही नभएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भए पनि सही होइन ।

    तर त्यसमा अन्तर्निहित एउटा पक्ष अर्थात ब्यक्तिगत कटुतासहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं। पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं ।

    राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं । पार्टी एकताको रक्षा गरौं। साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend