नवलपुर- भारतीय सहयोगमा नवलपुरको देवचुली- ७ मा निर्मित विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।
नेपाल - भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत नवलपुरमा निर्माण गरिएको भीमसेन आदर्श उच्च माध्यामिक विद्यालय भवनको भर्चुअल माध्यबाट उद्घाटन गरिएको हो ।
भवनको नेपालस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति नवलपुर, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्त रूपमा भिडियो क्नफरेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका छन्।
२ करोड ५ लाख ८३ हजार रूपैयाँमा निर्मित भवनमा प्रयोगशाला, औषधि कक्षसहितका १६ कोठा छन् । सन् १९६९ मा स्थापना भएको भीमसेन आदर्शन विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।