आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

बाबुरामको झटारोले पूर्वमाओवादी नेतामा तनाव, प्रचण्ड खुस

बाबुरामको झटारोले पूर्वमाओवादी नेतामा तनाव, प्रचण्ड खुस

  • मिडिया डबली
  • आइतवार, कार्तिक २ २०७७

  • 5.5K
    SHARES

  • बाबुरामको झटारोले पूर्वमाओवादी नेतामा तनाव, प्रचण्ड खुस

    काठमाडौं - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वमाओवादी नेताहरूलाई प्रधानमन्त्री केपी ओलीको चरणमा लम्पसार परेको आरोप लगाएका छन् ।

    जसका कारण उनीहरू अहिले झर्ला र खाउँला भनेर बालुवाटारमा धाउने गरेको उनको दाबी छ । आइतबार बिहान ट्विट गर्दै बाबुरामले पूर्वमाओवादीहरू ओलीको चक्रब्यूहमा पसेको भन्दै प्रदेशको नामाकरण त्यहीअनुसार राखेको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हुन् भनेपछि भट्टराईले पूर्वमाओवादी नेतालाई झटारो हानेका हुन् ।

    ‘ओली उवाच ‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’ अर्थात् अहिलेको प्रदेश पञ्चायतकालको अञ्चल जस्तो मात्रै हो,’ आइतबार ट्वीट गर्दै भट्टराईले लेखेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेश बनिरहेछन् । तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार ।’

    पूर्वमाओवादी एमालेकरण हुँदै गएपछि अहिले प्रचण्ड आफ्नै नेतासँग असन्तुष्ट छन् । जसका कारण प्रचण्ड नेकपामा एक्लिँदै गएका छन् । प्रचण्डलाई छाडेर रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु साह ओलीसँग नजिकिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend