काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध पनि सर्वाेच्च अदालतमा रिट निवेदन दर्ताको तयारी भएको छ। प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति सोही कार्यकाल संसदका सदस्य हुन नपाउने जिकिर गर्दै श्रेष्ठ विरुद्ध रिट दर्ता हुन लागेको हो।
उता नेकपाकै उपाध्यक्षसमेत रहेका बामदेव गौतम विरुद्ध भने राष्ट्रियसभा सदस्य भइसकेपछि रिट परेको छ। उनको पेशी सरेको छ। गौतम केही अघि नै प्रतिनिधिसभाको हरुवा उम्मेदवार भएपनि राष्ट्रियसभा सदस्यको रुपमा भने निर्वाचित भएर आएका हुन्। उनलाई नेकपाकै उम्मेदवार बनेर गाउँपालिका, नगरपालिकामा जनप्रतिनिधि बनेकाहरुले भोट हालेको हुन। जनताको भोटले भने उनी हरुवा हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।