आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतीय बिरामी घटेपछि नेपालकाे आँखा अस्पताल आर्थिक सङ्कटमा

भारतीय बिरामी घटेपछि नेपालकाे आँखा अस्पताल आर्थिक सङ्कटमा

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 5.1K
    SHARES

  • भारतीय बिरामी घटेपछि नेपालकाे आँखा अस्पताल आर्थिक सङ्कटमा

    काठमाडौं- सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ । 

    कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो । 

    सो अस्पतालमा करिब ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गरेको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमानाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको सङ्ख्या ह्वातै घटेको अस्पतालका प्रवन्धक अभिषेक रोशनले जानकारी दिए ।

    “पहिला दैनिक एक हजार २०० सम्म बिरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ” उहाँले भन्नुभयो, “भारतीय बिरामी आउन छाडेपछि अस्पतालमा आर्थिक समस्या बढ्न थालेको छ ।” 

    अस्पतालमा बिरामी घटेपनि करिब ६ महिनासम्म अस्पतालको मौज्दात रकमबाट कर्मचारीलाई तलब खुवाए पनि अब भने समस्या र्भरहेको उनको भनाइ छ । 

    “अस्पतालको मुख्य आयस्रोत आँखाका बिरामीहरुको उपचार नै हो”, उनले भने, “उपचार सेवाबाट हुने आम्दानीले ३०० भन्दा बढी कर्मचारीलाई तलब खुवाउँदै आएका छौं, तर बिरामी नै घटेपछि अस्पतालको आयस्रोत पनि घटेको छ, फलस्वरुप अस्पताल सञ्चालन गर्न कठिनाई भइरहेको छ ।” 

    भारतीय सेवाग्राहीबाट उठेको पैसाले जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ । अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने देखिएको छ ।  

    मुलुकमा जारी बन्दाबन्दीका समयमा पनि नियमित रुपमा उपचार सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्ममा २७ हजार २१३ बिरामीको उपचार गरेको जनाएको छ । गत वर्षको सोहि अवधिमा अस्पतालले ७५ हजार भन्दा बढी आँखाका बिरामीलाई उपचार गरेको थियो । 

    उपचारका लागि आउने बिरामीको सङ्ख्या घटेको र कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ ।  सो आँखा अस्पतालमा प्रदेश नं २ का आठ वटै जिल्ला र प्रदेश नं १ का उदयपुर, सुनसरी तथा भारतीय बजारबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । 

    स्थापना भएको विगत ३८ वर्षभित्र अस्पतालले ५९ लाखभन्दा बढी व्यक्तिको आँखाको जाँच तथा १२ लाखभन्दा बढीको शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले बताउनुभयो । लहानबाहेक अस्पतालले मुलुकको विभिन्न शहरमा समेत शाखा बिस्तार गरी आँखाका बिरामीको उपचार गर्दै आएको छ । 

    प्रमुख सिंहका अनुसार यो अस्पतालले लहानबाहेक सिरहा सदरमुकाम सिरहा बजार र मिर्चैया, सप्तरीको राजविराज र कञ्चनपुर, धनुषाको धनुषाधाम, महोत्तरीको बर्दिवास र जलेश्वर, सर्लाहीको मलङ्गवा, उदयपुरको गाईघाट, खोटाङ्गको दिक्तेल र हलेसी तथा सिन्धुलीको खाल्टे गरी १३ शाखामार्फत बिरामीलाई आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ । 

    यसबाहेक अस्पतालले बिभिन्न सङ्घसंस्थाको समन्वयमा घुम्ती आँखा शिविरमार्फत समेत बिरामीको निःशुल्क उपचार तथा शल्यक्रिया सेवा दिँदै आएको प्रमुख सिंहको भनाइ छ । सरकारले गरेको बन्दाबन्दीको समयमा आर्थिक सङ्कटमा परेका ५०० परिवारलाई राहत समेत वितरण गरेको अस्पतालले जनाएको छ । 

    स्थानीय स्व। छबिलाल चौधरी, स्व। सरोबरलाल चौधरी र रबिन्द्रलाल चौधरीको सक्रियतामा सन् १९८२ मा स्थापना भएको अस्पतालले सन् १९८३ बाट नियमित आँखा उपचार सेवा शुरु गरेको हो । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एउटा कोठाबाट शुरु भएको सो अस्पतालले सन् २०२१ बाट सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रमुख सिंहले जानकारी दिए । 

    आम नागरिकको उपचार सेवामा समर्पित यो अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने लहान नगरपालिका–७ का शंकर चौधरीको भनाइ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०५:१३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend