आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
जातको प्रश्नले ल्याएको तरङ्ग

जातको प्रश्नले महानायकलाई आपत, क्रिश्चियनको पैसा खाएर हिन्दु धर्म मास्न लागेको आरोप

जातको प्रश्नले महानायकलाई आपत, क्रिश्चियनको पैसा खाएर हिन्दु धर्म मास्न लागेको आरोप

  • मिडिया डबली
  • मंगलवार, आश्विन २७ २०७७

  • 7.4K
    SHARES

  • जातको प्रश्नले महानायकलाई आपत, क्रिश्चियनको पैसा खाएर हिन्दु धर्म मास्न लागेको आरोप

    काठमाडौँ- महानायक राजेश हमाल विवादमा तानिएका छन्। हिन्दु धर्म मास्ने गरी क्रिश्चियन मेसिनरीको पैसामा कार्यक्रम चलाएको भन्दै उनी विवादमा तानिएका हुन्।

    उनले चलाएको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा ‘क्रिश्चियन एड नेपाल’ लगानी रहेको भन्दै उनको आलोचना भइरहेको छ । केही समययता ‘जातको प्रश्न’ कार्यक्रम चलाउँदै आएका उनी विवादमा परेका हुन् ।

    नेपालका हुने गरेका जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरण गर्ने उद्देश्यले सो कार्यक्रम निर्माण गरिएको भनिए पनि उल्टै समाजमा जातीय द्वन्द्व ल्याउन भूमिका खेलेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अभिनेता हमालको विरोध गरिरहेका छन् ।

    समाजमा टेलिभिजन शोले जातीय विभेद अन्त्य नगराउन भन्दै ति आलोचकहरुले शिक्षाको पहुँच बढाउँदै चेतनाको स्तर उकास्नु पर्ने बताएका छन् ।

    सो कार्यक्रमप्रति युट्युब तथा फेसबुकमा आएका कमेन्टले पनि जातीय द्वन्द्वको गन्ध दिएको आलोचकको दावी छ । नेपालमा आर्थिकलगायतका प्रलोभन देखाएर हिन्दूहरुलाई जबरजस्ती क्रिश्चियन बनाउने कार्य बढेको भन्दै संसदमा पनि बारम्बार आवाज उठ्न गरेको थियो ।

    क्रिश्चियन बनेमा रोगहरु निको हुने बताएका भिडिओहरु सामाजिक सञ्जालमा आइरहेका बेला क्रिश्चियन एड नेपालको लगानीमा चलाएको ‘जातको प्रश्न’का कारण अभिनेता हमाल विवादमा परेका हुन् ।

    अभिनेता हमालले चलाएको ‘जातको प्रश्न’ कार्यक्रम समता फाउन्डेशनले ‘क्रिश्चियन एड नेपाल’सँग सहकार्य गरी उत्पादन गरेको हो । यो कार्यक्रम हरेक शनिबार साढे ६ बजे कान्तिपुर टेलिभिजनमा र समता फाउन्डेशनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    अहिले सामाजिक सञ्जालमा अभिनेता हमालको ‘जातको प्रश्न’को विरोध र समर्थनमा विचार आइरहेका छन् । जातको प्रश्नका बारेमा व्यापक विरोध भएपछि मिडिया डबलीले हमालको प्रतिक्रिया लिन खोजेको थियो। तर, उनी सम्पर्कमा आउन चाहेनन्।

    rajeshhamal.jpg

    हमालको पुत्ला दहन

    क्रिस्चियन लगानीमा हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार वनेको भन्दै सोमवार नायक राजेश हमालको पुत्ला दहन गरिएको छ ।

    राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

    समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातका प्रश्न’ नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए ।

    नेपाली समाजको विभेद र छुवाछुतको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ । नेपाली समाजमा फाटो ल्याउनले र ८० प्रतिशतभन्दा वढि हिन्दुहरुको वसोवास रहेको देशमा उनीहरुलाई वदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउन यादवले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ७ २०७८१२:३८:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend