काठमाडौं - अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । उनलाई केहि दिनअघि प्लेन चार्टर्ड गरेर उपचारका लागि दिल्ली लगिएको थियो ।
कलेजोको समस्या रहेका रोकेशको त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको एक छिमेकीले जानकारी दिए । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।
राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ ।
राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।