काठमाडौं– महानायक राजेश हमालका भाइ राकेश हमाललाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइराला, सुजता कोइरालाले पार्टीको झण्डा ओडाएर श्रद्धान्जली दिएका छन्।
कांग्रेसको विदेश विदेश विभागका पूर्व सदस्य समेत रहेका हमाललाई शुक्रबार पशुपति आर्यघाट पुगेर शशांक, शेखर र सुजताले अन्तिम श्रद्धान्जली दिएका हुन्।
हमालको नयाँ दिल्लीमा उपचारको क्रममा दुई दिन अघि निधन भएको थियो । कलेजोको समस्या रहेका रोकेशको त्यहाँको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ ।
राकेशका श्रीमती र दुई छोराछोरी छन् । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए ।

यो पनि पढ्नुहोस्
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।