सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी

यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 6.0K
    SHARES

  • यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी

    काठमाडौं - ६ महिनासम्म दुईजनामा देखिएको कोरोना भाइरसले अहिले नेपाललाई आक्रान्त पारेको छ । नेपाल जस्तै भौगोलिक अवस्था रहेको भुटानमा शून्य मृत्युदर छ ।

    पाँच सयमा संक्रमण देखिए पनि तीन सय बढी निको भइसकेका छन् । तर, नेपालको हालत भने दिनप्रतिदिन भयावह बन्दै गएको छ । यो सबै हुनुको मुख्य कारण सरकार प्रमुख गैरजिम्मेवार बनेकाले हो ।

    प्रधानमन्त्री केपी ओलीले चैत वैशाखतिर कोरोना सोरोना केही होइन, चिसो हावा लिने, बेसार पानी खाने, हाछ्युँ गरेर भाइरस भगाइदिने नभनेको भए अहिलेको जस्तो अवस्था आउने थिएन ।

    आफूले दिएको अभिव्यक्तिप्रति चौतर्फी विवादमा परेपछि चार महिनायता बरु ढुंगो बोल्ला प्रधानमन्त्री ओली कोरोनालाई लिएर बोल्न छाडेका छन् ।

    देश कोरोनाले तवाह बन्दा पनि ओलीलाई त्यसबारे कुनै मतलब छैन । बरु पार्टीमा कसरी आफ्नो पकड कायम राख्ने, कुर्सी कसरी जोगाउने, क–कसलाई राजनीतिक नियुक्ति र लाभको पद दिने, मन्त्रीमा को राख्ने र कसलाई हटाउन नदिनेमै उनले समय गुजारिरहेका छन् ।

    अमेरिका, ब्राजिल, क्यानाडा, भारत, पाकिस्तान, रुस, चीनलगायत देशका सरकार प्रमुख कोरोना भाइरसप्रति निकै चिन्तित देखिएका छन् । हरेक दिन उनीहरूले कोरोना नियन्त्रण गर्न केही न केही कदम चालिरहेका हुन्छन् ।

    जनताका पीरमर्का बुझिरहेका हुन्छन् । कोभिड नियन्त्रण गर्न सिंगो देश परिचालन गरेका छन् । त्यसैले त्यति धेरै आक्रोश सरकार प्रमुखप्रति देखिएको छैन । तर, नेपालको हकमा यी सबै विषय एकदेशको कथा बनेको छ ।

    प्रधानमन्त्री केपी ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नटेकेकै सात महिना बितिसकेको छ । सात सात महिना निवासबाटै सरकार चलाएर ओलीले कीर्तिमान कायम गरेका छन् । कहिले अस्पताल त कहिले निवासबाट बाहिर ननिस्की पनि देश चलाउने भाग्यमानी प्रधानमन्त्री बनेका छन् ओली ।

    अरु देशमा भएको भए सडकमा आगो बलिसकेको हुन्थ्यो । तर, जस्तोसुकै महामारीमा पनि नेपाली जनताले आफूलाई कुर्बानी दिइरहेका छन् ।

    सरकार चलाउने जनताले रगत पसिना बगाएर तिरेको करमा नारायण गोपालले गाएको गीत ‘यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी...’ जस्तै मस्ती मारिरहेका छन् ।

    सम्झना कामी, निर्मला पन्त, सञ्जाकुमारी शाह बलात्कार भएर मारिएका छन् । तर, तिनको परिवारले न्याय पाएको छैन । दोषी सडकमा मस्त भएर घुमघाम गरिरहेका छन् । भ्रष्टाचार, हत्या, हिंसा, भोकमरी बढेको छ । तर, ओली सरकार बालुवाटारमा मस्त छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend