काठमाडौं - कोरोना जोखिमकै बीच प्रदेश २ ले प्रदेश सभा बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो। लामो समयदेखि रोकिएको प्रदेशसभा बैठक दिउँसो बस्ने भएको हो।
आवश्यक स्वास्थ्य सूरक्षाका मापदण्डहरु पालना गरेर बैठक बस्नेछ। प्रदेश सभाले १ बजे बैठक बस्न लागेको सूचना जारी गरिसकेको छ। विभिन्न संसदीय समितिहरुमा छलफल पछि टुंगिएका विद्येयकहरु आज प्रदेश सभामा पेश हुनेछ। यसअघि बजेट छलफल गरी पारित गरेपछि बैठक स्थगित भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।